साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ । आज युरोको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८५ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९० पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।

  • १२ आश्विन २०८०, शुक्रबार ०९:२३ प्रकाशित