१७ असोज देखि प्रथम एट टु नाइन खुल्ला फुटबल प्रतियोगिता

केन्द्रभाग मिडिया

 

पोखरा ।

एट टु नाईन युवा क्लबको आयोजनामा १७ असोज देखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

२३ असोजसम्म पोखरा–१३ माछापोखरी खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । एक हप्तासम्म चल्ने प्रतियोगिताबाट बचत हुन आएको रकम रग्बी खेलाडी यशोदा बोहोरालाई प्रदान गरिनेछ ।

यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् ।

उनलाई आर्थिक सहयोग गर्न प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता संयोजक लोक गुरुङले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद प्रदान गरिनेछ ।

  • ११ आश्विन २०८०, बिहीबार १९:४२ प्रकाशित