काठमाडौं ।
श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् ।
बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदा ३२ वर्षका दनुस्का पनि उपस्थित थिए ।
टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले नोभेम्बरमा आफ्नो घरमा आफूलाई बलात्कार गरेको महिलाको दाबी थियो । दनुस्काले भने आरोप इन्कार गरे । उनको वकिलले उजुरीकर्ता महिलाले झुट बोलेको र समयसँगै बयान बदलेको दाबी गरे ।
अदालतबाट बाहिरिने क्रममा दनुस्काले अदालतले सबै बोलेको र आफ्नो प्रतिष्ठा बहाल भएको बताएका छन् ।