एमाले बागमती अधिवेशन : आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन ।

अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

अधिवेशन सञ्चालनका लागि नेता गुरु बरालको अध्यक्षतामा ११ सदस्य अध्यक्ष मण्डल गठन भएको छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य रहेका छन् ।

  • ९ आश्विन २०८०, मंगलवार १६:३१ प्रकाशित