काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा सामाजिक अराजकताले संकट निम्ताएको बताएका छन् ।
नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेता पोखरेलले बढ्दै गएको अराजकताले एमालेमात्रै नभएर देशको भविष्यमाथि नै गम्भीर प्रश्न उठाउन सक्नेतर्फ सचेत रहनुपर्ने बताए ।
‘देशमा जताततै संकटै संकट छ । यो संकट सामाजिक अराजकताले सिर्जना गरेको संकट हो’, उनले भने, ‘सांस्कृतिक अधोपतन र आर्थिक विश्रृंखलताले सिर्जना गरेको समस्या हो यो ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले यावत समस्यासँग जुध्ने नेकपा एमाले बलियो र सदृढ शक्तिका रुपमा आउनुपर्ने बताए ।













