कुटपिट हुँदा एकको हत्या, ८ जना पक्राउ

केन्द्रभाग मिडिया

रुपन्देही ।

तिलोत्तमा नगरपालिका–९ केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति निधन भएको छ ।

कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका(४ बस्ने १९ वर्षीय रोमन तामाङ समेत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश समेत ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २ आश्विन २०८०, मंगलवार १७:५६ प्रकाशित