आज युरोको भाउ बढ्दा डलरको कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४६ पैसा थियो।

यस्तै डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०६ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • २८ भाद्र २०८०, बिहीबार १०:३३ प्रकाशित