जेलभित्रै कैदीहरुबीच ग्याङ फाइट: कम्तीमा ६८ जनाको ज्यान गयो,कैदीसँग विस्फोटक पदार्थ र बन्दुक भेटियो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

इक्वेडरमा रहेको एक जेलभित्र बारम्बार कैदीहरुबीच ग्याङ फाइट हुदैँ आएको छ । पछिल्लो समय भएको फाइटमा कम्तीमा ६८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

गाकुइल सहरमा रहेको जेलमा कैदीहरुबीच झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।

यो जेलमा गएको असोजमा पनि झडप भएको थियो । त्यसबेला सय जनाभन्दा धेरैको ज्यान गएको थियो।

  • २८ कार्तिक २०७८, आईतवार ०९:२९ प्रकाशित