कृषि गणना

नेपालमा ३९ लाख ९९ हजार परिवार खेतीपातीमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो ।

कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको हो । त्यस्तै १ लाख ३२ हजारले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको हो । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतिपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।

यस्तै नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

 

  • २१ भाद्र २०८०, बिहीबार १६:३३ प्रकाशित