पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १७ पैसा र बिक्रीदर १८ रुपैयाँ २५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।