काठमाडौं ।
नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात हुने भएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले जानकारी दिएका छन् ।
उनको अनुसार नेपालको तर्फबाट प्रक्रिया पूरा भएमा बुधबार राति १२ बजेदेखि नै यी आयोजनाको विद्युत् भारत निर्यात हुनेछ। नेपालले भारतीय बजारमा हाल ४५१.७ मेगावाट बिजुली बिक्री गरिरहेको छ । १८० मेगावाट थप भएसँगै अब ६३१.७ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । भारतको मन्त्रिपरिषद बैठकले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय पनि पारित गरेको छ ।
भारतको खुला बजारमा बिक्री गरिरहेको बिजुलीमा प्राधिकरणले हाल उच्च मूल्य पाउन थालेको छ । नेपाली बिजुली प्रतियुनिट भारु १० ९१६ रुपैयाँ० सम्ममा बिक्री हुन थालेको प्राधिकरणले जनाएको छ ।