युरोपमा ग्याँस आपूर्ति रोक्ने बेलारुसको धम्की

केन्द्रभाग मिडिया

युरोपेली राष्ट्र छिर्न बेलारुस र पोल्याण्ड सिमामा थुप्रिएका आप्रवासी

काठमाडौं ।

बेलारुस हुदैँ युरोप छिर्ने आप्रवासीको संख्या थुप्रिन थाले पछि युरोपेली राष्ट्र बेलारुससँग रुष्ट बन्न थालेका छन् ।बेलारुसले आप्रवासी संकट निम्त्याएर सुरुक्षा अवस्था विगारेको ईयू अधिकारीहरूले आरोप लगाउँदै आइरहेको बेला बेलारुसले ग्याँस आपूर्ति बन्द गर्ने धम्की दिएको छ ।

युरोपेली राष्ट्रले थप नाकाबन्दी लगाए ग्याँस आपूर्ति रोकिदिने बेलारुसले धम्की दिएको हो ।बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले आफूहरुमाथि थप नाकाबन्दी भए त्यसको जवाफ दिने बताएका छन् । उनले भनेका छन्,‘हामीले युरोपलाई तातो दिईरहेका छौं तर उनीहरु हामीलाई धम्क्याउँदैछन्, हामीले ग्यास बन्द गरिदियौं भने के हुन्छ ? पहिल्यै सोच ।’ युरोपेली देशहरुमा प्राकृतिक ग्यासको आपूर्ति मूख्यगरी रुस र उसका छिमेकी देशहरुबाट हुन्छ ।

बेलारुसको धम्कीपछि युरोपमा ग्यासको आपूर्तिमा संकट आउन सक्ने र मूल्य चर्किने आशंका गरिएको छ । युरोपेली युनियनले लुकासेन्कोको धम्कीबाट नतर्सिन भने पनि विश्लेषकहरुले भने धम्कीलाई गम्भीर रुपमा लिन सुझाव दिएका छन् ।

अहिले हजारौँ आप्रवासीहरू ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बेलारुसर पोल्याण्ड सीमामा बसिरहेका छन् ।

बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

विभिन्न देशबाट बेलारुस पुगेका आप्रवासीहरुलाई पोल्याण्ड, लिथुआनिया र लाट्भियातिर जान प्रोत्साहित गरेको भन्ने युरोपेली युनियनको बेलारुसमाथि आरोप छ ।

  • २६ कार्तिक २०७८, शुक्रबार १०:१९ प्रकाशित