भुटानको ‘ड्रुक एयर’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्ने

केन्द्रभाग मिडिया

pokhara airport

काठमाडौँ । भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा व्यवासायिक उडान गर्ने भएको छ । ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिएको छ । यसअनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ ।

उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । २२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यवसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ ।

  • ११ भाद्र २०८०, सोमबार १४:१९ प्रकाशित