पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ३८ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ०२ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १० पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।