पोखरा ।
पोखरा महानगरपालिका– ८ सिर्जनाचोकको एक होटलबाट सात जना जुवाडे पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बैदमले होटल लक्ष्मीबाट जुवाडेलाई पक्राउ गरेको हो । होटलमा जुवा खेलीरहेको अवस्थामा ७ जनालाई नगिद सहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक वेद जोशीले जानकारी दिए ।
उनिहरुको साथबाट ४ लाख २० हजार २८० नगद बरामद गरिएको जोशीले बताए ।














