दुई सचिवको हेरफेर: सामान्यमा सिंह, प्रधानमन्त्री कार्यालयमा पुष्कर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिएर पठाएको छ ।

सामान्यका सचिव पुष्करले यसअघि नै पटकपटक प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेर सरुवा मागेका थिए । तर, प्रधानमन्त्रीले संघीय निजामती सेवा ऐनको टुंगो नलागुन्जेल मन्त्रालयमै बसेर काम गर्न निर्देशन दिएका थिए ।

  • ७ भाद्र २०८०, बिहीबार १६:५८ प्रकाशित