काठमाडौं ।
नेपाली कांग्रेसले आज र भोलि ( भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
कांग्रेसका नेता डा.राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो ।
बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।













