संसद्को अवरोध हट्ने

सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने दलहरुबीच सहमति

केन्द्रभाग मिडिया

काठमाडौँ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउनेदेखि सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बुधबार बसेको सर्वदलीय बैठकले सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै संसद् अवरुद्ध गरिरहेको एमाले समिति बन्ने भएपछि सदन खोल्न राजी भएको हो ।

  • ६ भाद्र २०८०, बुधबार १४:१४ प्रकाशित