धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक संजालमा स्टाटस् लेख्दै प्रधानमन्त्रीले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।

धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ । भने केहीलाई उद्द्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । थप उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

  • ६ भाद्र २०८०, बुधबार १३:३७ प्रकाशित