सात वटै प्रदेशका कांग्रेस सभापति पोखरामा भेला हुने

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
नेपाली कांग्रेसका सात वटै प्रदेशका सभापतिसहित पादाधिकारीहरुको भेला पोखरामा हुनेभएको छ ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माका अनुसार १६ र १७ भदौमा पोखरामा सम्मेलन हुने भएको छ । प्रदेश समितिको भूमिका लगायतका विषयमा छलफल हुने सभापति शर्माले केन्द्रखबरलाई जानकारी दिए ।

उनका अनुसार यस अगाडि नै प्रदेश सभापतिहरुको भेला गर्ने भनिएपनि समय व्यवस्थापन हुन सकेको थिएन । ‘पोखरामा ७ वटै प्रदेश सभापतिहरुको भेला आयोजना गरेका छौं ।

सात वटै प्रदेशका सभापति र पदाधिकारीहरु पोखरा आउनुहुन्छ । प्रमुख अतिथिको रुपमा केन्द्रीय सभापति आउनुहुन्छ । व्यवस्थापन गण्डकी प्रदेशले गर्छ’ उनले भने ।

  • ६ भाद्र २०८०, बुधबार १२:५५ प्रकाशित