चीनमा विद्युत बेच्ने योजना छ : प्रम दाहाल

केन्द्रभाग मिडिया

चितवन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग पनि विद्युत व्यापार गर्ने योजना रहेको बताएका छन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताए ।

‘केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं,’ प्रधानमन्त्री दाहालले भने ।

यस्तै आफू भारत भ्रमणमा जाँदा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौता भएको उनले बताएका थिए ।

  • ५ भाद्र २०८०, मंगलवार १६:२७ प्रकाशित