जनतासँग कांग्रेस अभियान स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘जनतासँग कांग्रेस अभियानमा जनप्रतिनिधि पनि सहभागी हुनुपर्छ । संसद् चलिरहेको छ । अर्कातिर बर्खामा कार्यक्रम गर्न पनि सहज छैन भनेर केही समयका लागि भदौ १० देखि २४ सम्मको अभियान तत्कालका लागि स्थगित गरिएको छ ।’ उक्त अभियानका अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने उनको भनाइ छ ।

पौडेलका अनुसार पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो । अभियानले कांग्रेसलाई गतिशील बनाउने छलफलको निष्कर्ष रहेका उनले बताए ।

  • ५ भाद्र २०८०, मंगलवार १३:५८ प्रकाशित