शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

एमालेले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

 

  • ३ भाद्र २०८०, आईतवार १३:५५ प्रकाशित