शिर्ष तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन हुने बताएका छन् ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए ।

मन्त्री गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको पनि बताए । बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्ने बताए । यस सन्दर्भमा भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

  • १ भाद्र २०८०, शुक्रबार १७:०१ प्रकाशित