भारतमा बस र ट्रक ठोक्किँदा आगो लाग्योः जलेर १२ यात्रुको मृत्‍यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको ज्यान गएको छ ।

भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा गलट दिशाबाट गुडिरहेको ट्रक बसमा ठोक्किँदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना आज बिहान साढे बजे भएको हो । आपसमा ठोक्किएलगत्तै बस र ट्रकमा आगो लागेको थियो । सोही आगोमा जलेर १२ जनाको मृत्यु भएको सञ्चार माध्यमले जनाएका छन् ।

जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते ४० जना घाईते भएका छन् उनीहरुको उपचार भइरहेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १५:५७ प्रकाशित