प्रचण्डले संघीयता कार्यान्वयन गर्न नसके संघीयता ‘फेलियर’ हुन्छ : मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

File photo

पोखरा  ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान प्रधानमन्त्रीले संघीयता कार्यान्वयन गर्न नसके ‘संघीयता फेलियर’ हुने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारण–पत्र तर्जुमा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

एजेन्डा बोकेर हिड्ने पार्टी र त्यसको नेतृत्व हालको प्रधानमन्त्री हो, तपाइको पालामा यो संविधान कार्यान्वयन गर्न सक्नुभएन भने संघीयता फेलियर हुन्छ, भोलिका दिनमा यसको औचित्यता पुष्टि गर्न सकिदैन, पाण्डेले भने ।

पाण्डेले प्रधानमन्त्रीले संघीयता कार्यान्वयनको सम्बन्धमा देखिएका समस्या हल गर्ने विश्वास पनि व्यक्त गरे । संघीयताका लागि जसले लडाइ लड्यो र प्राप्ती भएको छ त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्रीले महशुस गर्नुहुन्छ भन्ने मेरो ठम्याइ हो, उनले भने ।

अधिकार नदिने, बिना लाठीको मुख्यमन्त्रीले गरेन भन्न नसुहाउने उनले बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थ र फेवा तालको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धमा उनले अधिकार नभएको बताएका हुनु । केही कुरा चाहेर पनि गर्न नसक्ने अवस्था रहेको उनको भनाई थियो ।

  • १ भाद्र २०८०, शुक्रबार १४:४३ प्रकाशित