सुन तस्करी प्रकरण

थप दुईजना चिनियाँ नागरिक पक्राउ

केन्द्रभाग मिडिया

Photo : ekantipur

काठमाडौं ।

सुन तस्करी प्रकरणमा थपा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ ।

साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

  • १ भाद्र २०८०, शुक्रबार ०८:२५ प्रकाशित