राम्रो काम गरेर जनताको मन जित्नेबाहेक अन्य कुनै काम गर्नु छैन : प्रचण्ड

केन्द्रभाग मिडिया

रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर जनताको मन जित्ने बताएका हुन् ।

‘ । जनताका निम्ति समाजवाद ल्याउन नयाँ पहल कदमी लिन्छु,’– प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्न क्रियाशील रहेको पनि बताए । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्न सुनियोजित तरिकाले घटाइएको उनको आरोप छ ।

  • ३२ श्रावण २०८०, बिहीबार १८:५७ प्रकाशित