एमालेले सार्वजनिक कार्यक्रममा ओलीको फोटो राख्ने, मञ्चमा वक्ताले मात्र आसन पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेले सार्वजनिक कार्यकममा अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो प्रयोग गर्ने भएको छ ।

साउन २९ गते बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

कार्यक्रमको गरिमा र मयार्दालाई बढाउनका लागि सो निर्णय गरिएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मञ्चको प्रयोग वक्ताले मात्र गर्ने समेत निर्णय भएको छ ।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने’उनले सामाजिक सञ्जालमका लेखेका छन्, ‘मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।’

त्यसैगरी कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आसनग्रहणको उद्घोषण गरिरहने परम्परा समेत अन्त्य गर्ने निर्णय गरेको छ ।

साथै कार्यक्रमलाई धेरै भड्किलो नबनाउनका लागि कार्यक्रममा ब्याज, खादा र मालाको प्रयोग समेत नगर्ने बताइएको छ ।

उनले भनेका छन्, ‘कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,
कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।’

  • ३२ श्रावण २०८०, बिहीबार १२:५२ प्रकाशित