प्रधानसेनापति शर्मा र तिब्बत मेलिटरी कमान्डका मेजर जनरल युईबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौ ।

पाँच दिने भ्रमणमा बुधबार आएका तिब्बत मेलिटरी कमान्डका मेजर जनरल युई एण्डी र प्रधानसेनापति प्रभुराम शर्माबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ ।

नेपाली सेनाका अनुसार उनीहरुबीच प्रधानसेनापतिको कार्यकक्षमा भेटघाट भएको हो । उक्त अवसरमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ । मेजर जनरल युई ८ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायत सैनिक इकाईहरुका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्ने सेनाले जनाएको छ । तिब्बत मेलिटरी कमान्ड चीनको जनमुक्ति सेनाका ९पीएलए० अन्तर्गत पर्छ । उनी भदौ ३ मा फर्कने कार्यक्रम छ ।

  • ३१ श्रावण २०८०, बुधबार २०:३४ प्रकाशित