पोखरा ।
डिजल, मट्टितेल र पेट्रोलको मूल्यमा बृद्धि भएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ ।
यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।