राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने जानकारी दिए ।

  • ३० श्रावण २०८०, मंगलवार १५:५७ प्रकाशित