जनमत पार्टीकी सांसद अनितादेवी साहको शपथ आज

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साह सामान्य प्रशासन मन्त्रालयको मन्त्री बन्ने भएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन् । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।

  • २९ श्रावण २०८०, सोमबार ०९:३९ प्रकाशित