सप्तकोशीमा पानीको बहाव उच्च : ५६ वटै ढोका खोलियो

केन्द्रभाग मिडिया

विराटनगर । कारण सप्तकोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ । पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।

प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ । सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।

यो पानीको बहाव २५ वर्षयताकै उच्च भएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो । ‘५६ वटै ढोका खोलिएको लामो समयपछिको इतिहास हो । अहिलेसम्म सबैतिर सुरक्षित अवस्था नै छ ।पहाडतिर पानी निरन्तर परिरहयो भने अवस्था झनै खतनाक हुनसक्छ।’ उनले भनेका छन्।

पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको बताउँदै उनले यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएपनि पुष्टि हुन भने बाँकी रहेको बताए ।

  • २९ श्रावण २०८०, सोमबार ०९:०० प्रकाशित