पोखरामा शालिकमाथि राजनीति, सर्वपक्षीय बैठकमा भएको सहमती उल्लंघन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनरायण शाहको प्रतिमा राख्ने र हटाउने प्रतिष्प्रर्धाले पोखरामा तनाब बढाएको छ । आदिवासी दिवसको दिन सहिद लखन थापाको सालिकसगै रहेको पृथ्वीनरायण शाहको प्रतिमा हटाइए पछि विवाद सुरु भएको थियो ।

शुक्रबार पोखरा महानगरले आयोजना गरेको सर्वपक्षीय बैठकमा पोखराको सडकमा भएका सबै सालिकको व्यवस्थापन गर्ने सहमती भएको थियो । तर, सहमती कार्यान्यनमा भन्दा बैठक पछि उक्त सहमती भंग गदै विज्ञप्ती र नारावाजी गर्ने क्रम सुरु भएको छ । नेपाली कांग्रेस कास्कीले पोखराको नगर क्षेत्रका सडक बीचमा रहेका सालिक १ महिनाभित्र विभूति पार्कमा राख्ने महानगरको निर्णयप्रति आपत्ति जनाउदै आइतबार विज्ञप्ती निकालेको छ ।

 

त्यस्तै, लखन थापाको सालिकसगै रहेको पृथ्वीनरायण शाहको प्रतिमा हटाउन राप्रपाले बैठकमा सहमती जनाएको थियो । तर, राप्रपाले आज पृथ्वीचोका पानीमा भिज्दै पृथ्वीनरायण शाहको प्रतिमा हटाएको भन्दै पोखरा महमानगरविरुद्ध नारावाजी गरेको छ । शनिबार राप्रपाले राके जुलेस निकालेको थियो । शनिबार राती एक बजे महानगरपालिकाले प्रतिमा लगेको राप्रपाले आरोप लगाएको छ ।

महानगरले सहमती अनुसारनै उक्त प्रतिमा हटाएर सुरक्षित राखेको जनाएको छ । महानगरले आयोनजा गरेको सर्वपक्षिय बैठकमा विभिन्न दलका प्रतिनिधि, आदीवासी जनताजती महासंघ, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए । पृथ्वीनारायण शाहको सालिक तत्कालै हटाउने र एक महिना भित्र अन्य सालिकको पनि व्यवस्थापन गर्ने बैठकमा सहमती भएको महानगरले जनाएको थियो ।

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनरायण शाहको शालिक २०६४ सालमा तोडफोड गरी लखन थापाको शालिक राखेपछि निम्तिएको विवाद बेलाबेलामा बल्झिने गरेको छ । महनगरले सडकमा रहेका सबै सालिक राख्ने विभुती पार्क बनाए पनि पूर्णरुपमा कार्यान्यन भने गर्न सकेको छैन । निवर्तमान मेयर मानबहादुर जिसीले उक्त निर्णय गरेका थिए । त्यस पछि केही सालिक पोखरा–१८ मा रहेको जामुनबोटमा राखिएको छ ।


महानगरका प्रमुख धनराज आचार्यले सर्वपक्षीय बैठकमा सडकका सालिक व्यवस्थापनका लागि तयारी गर्न आफुले एक महिनाको समय लिएको बताए । सडक चेकमा कति सालिक छन् र कहाँ व्यवस्थापन गर्न सकिन्छ त्यसको तयारी गरेर सालिकको व्यवस्थापन गरिने आचार्यले बताए ।

राप्रपाले हटाए लखन थापाको सालिक पनि सगै हटाउन अडान लिदै आएको छ । जनजाती महासंघले सबै सालिक व्यवस्थापन भए लखनको सालिक पनि अन्यन्त्रै व्यवस्थापन गर्न सकिने बताएको छ । तर प्रतिष्ठानको लडाइ बनाएर सालिक माथी राजनीति भइरहेको छ । जसले समाजमा द्वन्द निम्त्याउने खतरा रहेको भन्दै प्रशासनले भने सालिकको नाममा शान्ती भंग हुने काम नगर्न आग्रह गरेको छ ।

  • २८ श्रावण २०८०, आईतवार १९:२१ प्रकाशित