बालुवाटारमा माओवादी पदाधिकारी बैठक : मन्त्री फिर्ता बोलाउनेबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ । मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक राखेका हुन् ।

बालुवाटारमा जारी बैठकमा पार्टी पदाधिकारी र माओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी भएको जनाइएको छ ।

माओवादीले पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको छ। माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बुझिएको छ ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस गरिसकेको छ ।

  • २८ श्रावण २०८०, आईतवार १६:३६ प्रकाशित