अर्थमन्त्रीको चुनौती : सुन तस्करी मेरो संलग्नता प्रमाणित गरे पदमा बस्दिनँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए।

अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’

 

 

 

  • २८ श्रावण २०८०, आईतवार १५:३७ प्रकाशित