कांग्रेस सांसद सुनिल शर्माले भेटे एमाले अध्यक्ष ओलीलाई

केन्द्रभाग मिडिया

काठमाडौंं ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सिआईबीले शर्मालाई पक्राउ गर्दा एमाले सांसदहरुले सदनमा कुरा उठाएका थिए ।

जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएलगत्तै उनले ओलीलाई भेट्न बालकोट जाने र आर्शिवाद लिने घोषणा गरेका थिए ।

उनले समय लिएर नै ओलीसँग आज बालकोट पुगेर भेटेका हुन् ।

  • २८ श्रावण २०८०, आईतवार १३:५७ प्रकाशित