नोबेल पुरस्कार विजेता मलालाले गरिन विवाह, को हुन् उनका श्रीमान् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नोबेल पुरस्कार विजेता मलाला युसुफजाई विवाह बन्धनमा बाँधिएकी छिन् । यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग पारिवारिक एक ईश्लामिक समारोहकाबीच उनले विवाह गरेकी हुन् ।

मलालाले प्रेमि असेर मलिकसँग वैवाहिक जिवनयात्रा सुरु गरेको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएकी छिन् । उनले लेखेकी थिइन्, अगाडिको यात्राका लागि एकसाथ अघि बढ्न हामी निकै उत्साहित छौँ। २४ वर्षीय मलालाले विवाहको दिनलाई आफ्नो जीवनकै एउटा मूल्यवान् दिन भएको बताएकी छिन्।

सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन्।

 मलाला १५ वर्षकी हुँदा पाकिस्तानमा तालिबानको हमलामा परेकी थिइन् जहाँ उनले किशोरीहरूको पढ्न पाउने अधिकारबारे बोलेकी थिइन्।

उत्तर-पश्चिमी स्वात उपत्यकामा लडाकुहरूले उनी चढेको स्कुल बसमा हमला गर्दा मलालासहित उनका अन्य दुई साथीहरू घाइते भएका थिए।

मलालाले १७ वर्षको उमेरमा नोबेल पुरस्कार पाएकी थिइन् । उनी विश्वमै सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने पहिलो महिला हुन् ।

को हुन् असेर ?
मलालाका श्रीमान असेर पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरका प्रबन्धक रहेको बताइएको छ ।उनले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढेका हुन्।पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिएका थिए।

  • २४ कार्तिक २०७८, बुधबार १०:३५ प्रकाशित