पोखरा ।
लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विहान आयोजना भएको उक्त कार्यक्रममा ८५ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं क्लवका रक्तदाता कार्यक्रम प्रमुख जीतबहादुर थापा (गोपाल) ले जीवन गोर्खालीलाई ब्लड व्याग हस्तान्तर गरी कार्यक्रमको आरम्भ गरेका हुन् । उद्घाटन पस्चात बोल्दै उनले लायन्स क्लव आफ पोखरा सिर्जना चौतारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले मानव रगतको विकल्प मानव रगत नै रहेकाले मानवमा हुने रगतको अभाव रक्तदान कार्यमबाट नै पुरा गरिने जानकारी दिए । उनले क्लवले यस्तो कार्यक्रम गरेर पुण्यको काम गरेको धारणा राखे ।
कास्कीमा रगतको अभाव हुन नदिइएको र बेलाबखत अन्य सहरहरुमा अभाव हुँदा समेत यहाँबाट पठाइएको स्मरण गर्दै उनले यसमा लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी जस्ता सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको धारणा राखे ।
क्लवका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष बलकृष्ण बराल, पूर्व अध्यक्ष कृष्णबहादुर कार्की, विष्णुप्रसाद तिमिल्सिना, प्रथम उपाध्यक्ष उमापती ढकाल र लोकदोहोरी गायक एव क्लवका तृतिय उपाध्यक्ष कृष्ण सुवेदीले रक्तदान र यसको महत्वका बारेमा बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत रहेको क्षेत्रीय रक्त सञ्चार पोखराको प्राविधिक सहयोगमा उक्त रक्तादान कार्यक्रम भएको हो ।














