सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको एउटा यात्रुवाहक बस पसलमा ठोक्किएको छ।
दोलखाबाट काठमाडौं जादैं गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको लामोसाँघु प्रहरी चौकीका इन्चार्ज असई अनिश केसीले जानकारी दिएका छन्।
शुक्रबार बिहान ११ बजेतिर भएको दुर्घटनाबाट ९ यात्रु घाइते भएका छन्। उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ।
बस ठोक्किँदा दुई वटा पसलमा क्षति पुगेको छ ।














