सुन तस्करी प्रकरण : थप दुई चिनियाँ विमानस्थलबाट पक्राउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । उनीहरू तस्करीको कालोसूचीमा थिए ।

  • २६ श्रावण २०८०, शुक्रबार ०९:५० प्रकाशित