सुनिल शर्मा पक्राउ परे लगत्तै थप दुई डाक्टर पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।
कांग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ परेपछि सोही प्रकरणमा अर्का दुई डाक्टरपनि पक्राउ परेका छन्।

सांसद शर्मा पक्राउ परेको केही समयपछि सोही प्रकरणमा डाक्टर रञ्जितकुमार यादव र त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरीलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई सिआइबीले लाजिम्पाटस्थित भाडामा लिएको नेपाल ट्रस्ट रहेको भवनमा राखेको छ।

  • २५ श्रावण २०८०, बिहीबार १९:०३ प्रकाशित