कांग्रेसको संसदीय कार्यसमिति बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो ।

कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।

संसदको गतिरोधका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । साउन १० यता सुनस्तरी प्रकणमा संसदीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १५:०४ प्रकाशित