एक महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै

केन्द्रभाग मिडिया

गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि आज(बिहीबार) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ ।

यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट पारित भएसँगै प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८।१ प्रतिशत र पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०।४ प्रतिशत छ ।

३३ दिनपछि गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्न लागेको हो ।

  • २५ श्रावण २०८०, बिहीबार ०९:२३ प्रकाशित