तनहुँमा सडक भासियो, दुई तर्फी सवारी आवतजावत बन्द

केन्द्रभाग मिडिया

File photo

तनहुँ ।

पृथ्वी राजमार्गस्थित तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा सडक भासिएको छ । बुधवार मध्याह्न साढे १२ बजेको समयमा पृथ्वी राजमार्गको सडक भासिएर यातायात अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

सडक भासिएसँगै दुई तर्फी सवारी साधन आवतजावत बन्द भएसँगै चाइनिज कम्पनीसँग समन्वय गरी सडक मर्मतको पहल भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अविरल वर्षासँगै सडक भासिन पुगेको जनाइएको छ ।

  • २४ श्रावण २०८०, बुधबार १४:३० प्रकाशित