एमालेद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध, अर्को बैठक शुक्रबार बस्ने

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए ।

एमाले सांसद थापाले तस्करीको सुन समातेको २२ दिन पुगिसक्दा पनि सरकारले छानबिन समिति गठन नभएको भन्दै आपत्ति जनाए । थापाले बोलेपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी का हुन् ।

सभामुख देवराज घिमिरेले आफ्नो आशनमा फर्किएर बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी कायम राखे । अवरोध र नाराबाजी कायम रहेपछि सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

  • २४ श्रावण २०८०, बुधबार १४:२१ प्रकाशित