एमाले गण्डकीको कार्ययोजना सार्वजनिक

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले बुधबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

एमालेको साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचार सहित विभिन्न बिभागद्वारा निर्मित कार्ययोजना उक्त कार्यक्रम मार्फत सार्बजनिक गरिएको हो ।

कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिबेशन सम्पन्न गर्ने,गण्डकी प्रदेश कार्यालय संचालनका लागि भवन निर्माण गर्ने ,पार्टी सदस्यताको प्रमाणीकरण श्रावण महिना भित्र गर्ने ,जिल्ला र पालिकाका योजना निर्माण गर्ने, वडा कमिटी निर्माण र बैठक भाद्रभित्र गर्ने,सबै जिल्लामा विभागको पूर्णता दिने र बार्षिक कार्ययोजना निर्माण गर्ने रहेका छन।

त्यसै गरि प्रदेशभरिको प्रचार कार्यलाइ ब्यबस्थित बनाउन जिल्लाका प्रचार भेला र क्षमता अभिमुखिकरण गर्ने, प्रेदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिवेशन गर्न बाँकी सबै जन संगठनहरूका अधिबेशन सम्पन्न गरि उनिहरूको वार्षिक कार्यतालिका निर्माण गर्ने,सामुदायिक सरोकारजन्य बिषयको नेतृत्व गर्ने,प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तह सम्म विस्तार गर्ने योजना रहेको सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिइन् ।

कार्यक्रममा गण्डकी इन्चार्ज तथा सचिव गोकर्ण विष्टले पार्टीका कामलाइ थप व्यवस्थित गर्दै एमालेलाई ब्राण्डिन्ङ गर्ने योजना रहेको उल्लेख गरे।उनले देशमा अराजकताको अन्त्य गर्ने सामर्थ्य एमालेसंग मात्रै भएको र विकास र समृद्धिका स्पष्ट खाका समेत आफुहरूसंग मात्रै भएको जिकिर गर्दै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता उचो बनाउनेतर्फ केन्द्रीकृत हुन सक्षम नेता कार्यकर्ता र थप बलियो पार्टी संगठन नै भएको उल्लेख गरे।

सचिब विष्टले एमालेलाई जनताको बिचमा लोकप्रियताले उचाई दिन सत्तामा हुँदा होस या नहुदा सधैं जनताकै साथमा रहने बताए ।
स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बर्बादी तर्फ जान नदिन एमाले थप मजबुत राष्ट्रिय जनसाथका साथ युद्दको अग्रमोर्चामा हुनैपर्ने उल्लेख गरे।

अधिकारीले एमालेलाई अझै प्रभावकारी भुमिका खेल्न सक्ने एकल बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्न अब सबै शक्ति केन्द्रित गर्नुको विकल्प नभएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरूको उपस्थित रहेको प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

  • २४ श्रावण २०८०, बुधबार १४:१२ प्रकाशित