एमालेले फेरि गर्यो संसद् अवरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एमाले) का सांसदहरुले फेरि संसद् अवरोध गरेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफमा चित्त नबुझैपछि एमालेले फेरि संसद् अवरोध गरेको हो ।

एमालेका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमले सचेतक महेश बर्तौलाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले उठेका विषय वस्तुभन्दा बाहिर गएर राजनीतिक प्रवचन दिएको भन्दै आपत्ति जनाए ।

सरकारले सदनमार्फत देशलाई भ्रम पार्न खोजेको उनको आरोप छ । उनले गृहमन्त्रीले कुटिल भाषामा दोषारोपण प्रतिपक्षमाथि लगाएको बताए ।

संसद् सत्ता पक्षले नै अगाडि बढाउन नचाहेको उनको आरोप छ ।

  • २३ श्रावण २०८०, मंगलवार १८:५० प्रकाशित