बागमतीमा बिना विभागीय मन्त्रीले बल्ल पाए जिम्मेवारी

केन्द्रभाग मिडिया

मकवानपुर ।

बागमती प्रदेश सरकारमा मन्त्रालय संख्या थपिएको छ ।

लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएसँगै मन्त्रालयको संख्या बढेको हो ।

प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ । यसरी नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

  • २१ श्रावण २०८०, आईतवार १७:०१ प्रकाशित